नियम १९
म्याद कायम गर्ने

ऐनको अनुसूची–१ र २ मा उल्लिखित मुद्दामा सम्बन्धित सरकारी वकील कार्यालयले, प्रचलित कानूनमा नेपाल सरकार वादी हुने भनी लेखिएको मुद्दामा सम्बन्धित विभाग, कार्यालय वा सरकारी वकील कार्यालयले र नेपाल सरकार पक्ष वा विपक्ष भै चलेको अन्य मुद्दामा सम्बन्धित कार्यालय, निकाय वा पदाधिकारीले जनाउ पाएको मितिबाट पुनरावेदन, निवेदन, पुनरावलोकन वा मुद्दा दोहो¥याउनको निमित्त निवेदन गर्ने समेतको म्याद कायम गर्नुपर्नेछ ।